राजनीति
नियमित कार्यालय उपस्थित नभएका सात इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित उपस्थित नभएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गर्दै सेवाबाट हटाएको हो।
सेवाबाट हटाइएकामध्ये छ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृति नलिई बिदामा बसेको कसुरमा कारबाहीमा परेका हुन्।
कार्यालयमा नियमित हाजिर नभएको कसुरमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, स्वीकृति नलिई बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको छ।
.jpeg)
तपाईको प्रतिक्रिया