बिहीबार ३ मङ्सिर २०८३
समाज

भैंसे दुर्घटनाका घाइते चालक भन्छन्– ‘अचानक केही देख्न सकिनँ’

बिहीबार मङ्सिर ३, २०८३/ Thursday 11-19-26

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

रौतहटको चपुरबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनापछि घाइते अवस्थामा उपचारका लागि हेटौँडा ल्याइएका चालक कालुमान लोप्चनले गाडी सडकबाट खस्नुअघि आफूले अचानक अन्धकार देखेको बताएका छन्।

‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ चालक लोप्चनले भने।

दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि हेटौँडा ल्याइएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ। 

 

तपाईको प्रतिक्रिया