काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनायो ।
चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेले । यस्तै सलाउद्दिन खानले १८, कमल ऐरीले १० र देव खनालले ६ रन बनाए ।
चितवनको ब्याटिङ धराशायी बनाउने क्रममा सुदूरपश्चिमका स्कट कुग्गेलाइनले सर्वाधिक ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १ विकेट हात पारे ।
अब सुदूरपश्चिम रोयल्सले फाइनल प्रवेशका लागि १३४ रन बनाउनुपर्नेछ । यस खेलको विजेताले नेपाल प्रिमियर लिगको फाइनलमा स्थान बनाउनेछ।
तपाईको प्रतिक्रिया